११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेकपाका कार्यकर्ता काेराेना संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै

१४ भदौ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर–८ ले कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिएको छ । वडाका सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक औषधि वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताउनुभयो । होम आइसोलेसनमा रहेकाहरुसँगै सम्पर्कमा आएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ ।

सङ्क्रमितको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकालाई तत्काल अस्पताल लैजान सहज हुने अध्यक्ष पोखरेलले बताउनुभयो । नेकपा विराटनगर–८ ले तेस्रो चरणको अभियानअन्तर्गत होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको जनाएको छ । बलुवाही, विश्वकर्माचोक, जिम्दार टोल र राजवंशी टोलका २०० घरमा निर्मलीकरण कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

होम आइसोलेसनमा रहेका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइन्चार्ज सरस्वती ओझाले बताउनुभयो । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञान बहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सीताराम राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशीलगायतकोे सक्रिय सहभागितामा होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै निर्मलीकरण अभियान चलाइरहेको हो ।

प्रकाशित मिति : August 30, 2020 at 10:49 am