कोरोना संक्रमण भएका ललितपुरका २९ वर्षीय पुरूषको पाटन अस्पतालमा मृत्यु
१४ भदाै, काठमाडाैँ । कोरोना संक्रमण भएका ललितपुरका २९ वर्षीय पुरूषको पाटन अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : August 30, 2020 at 8:57 am



