थप दुई कोरोना संक्रमितको मृत्यु
१३ भदौ, काठमाडाैँ । थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिला र वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत कोरोना संक्रमित महिलाको शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६ः३० बजे उनको मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ती महिला मुटु रोगीसमेत रहेको शाक्यले बताए ।

यस्तै वीरगञ्जमा कोरोना संक्रमणबाट अर्की एक महिलाको मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।
प्रकाशित मिति : August 29, 2020 at 8:35 am



