काठमाडाैँ उपत्यकामा थपिए ४१५ जना कोरोना संक्रमित
१२ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशामा गरिएकाे परीक्षणमा काठमाडौँका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

बितेको २८ घण्टामा ९२७ काेराेना संक्रमित भेटिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । याेसंगै नेपालमा काेराेना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना निको भएर १६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार २४२ पुगेको छ ।
प्रकाशित मिति : August 28, 2020 at 4:25 pm



