१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

समाज लघुवित्तको आईपीओ आजै बाँडफाँड गर्ने तयारी, पर्ने सम्भावना कति ?

१२ भदाै, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओ बाँडफाँड आजै हुने भएकाे छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आईपीओ शनिबार भोली अर्थात शनिबार बाँडफाँड गर्ने तयारी गरेपनि शिनबार कर्मचारी आउन समस्या हुने भएको भन्दै आजै नै बाँडफाँडमा जुटेको जनाएकाे छ । धितोपत्र बोर्ड र सिडीएससीसँग छलफल गरेर केही समय पछि बाँडफाँडको मिति र समय तय हुने क्यापिटलले जनाएको छ ।

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १ सय अंकित मूल्यका ८६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। जसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियाे। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए ।

लघुवित्तको आईपीओमा १४८.५६ गुणा बढी आवेदन परेको थियाे। लघुवित्तको आइपीओमा ५ लाख ६४ हजार १३८ जना आवेदकबाट १ करोड १९ लाख ८९ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार १०:४६