११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि

१२ भदौ, बागलुङ । गण्डकी प्रदेशमा थप १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा  १७ जनामा काेराेना संक्रमण पुष्टि भएको हो। नवलपरासीको बर्दघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका १ का ४ जना र वडा नं २ का २ जनामा काेराेना संक्रमण पुष्टि भएको छ। देवचुली नगरपालिका १५ का १ जना १६ का १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। लमजुङको मस्याङ्दी गाउँपालिका ४ मा १ जना र बेशीसहर ८ मा १ जना, कास्कीको पोखरा महानगरपालिका ३० मा १ जना र १७ मा २ जनामा  काेराेना संक्रमण पुष्टि भएको छ ।​

 

तनहुँमा थप ४ जना कोरोना संक्रमित थपिएका छन्। व्यास नगरपालिका–३ का २ जना शुक्लागण्डकी नगरपालिका–१२ का १ जना र वडा नम्बर ५ का ४२ १ जनामा काेराेना संक्रमण पुष्टी भएको छ। योसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या २ हजार २२ पुगेको छ। तीमध्ये एक हजार ६ सय ७२ जना उपचार पश्चात निको भएर घर फर्किएका छन्। गण्डकी प्रदेशमा कोरोना  संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : August 28, 2020 at 11:20 am