बिना मास्क सडकमा लखरलखर हिड्नेलाई कुखुरा बनाएर उठबस गराइदै
१२ भदाै, बागलुङ । कोरोना सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कुखुरा बनाएर कारबाही गर्न थालेको छ । निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कुखुरा बन्न लगाउने तथा उठबस गरी सम्झाईबुझाई छोड्न थालेको हो ।

प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । समुदायमा कोरोना सङ्क्रमण दैनिक देखिन थालेका छन्’ उहाँले भन्नुभयो, ‘सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना प्रहरीलाई गरिदिने जस्तो गरेका छन् ।’
प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भिडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । प्रहरीले यसअघि ४० वटा सवारी नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । निषेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा सवारी फिर्ता दिइनेछ ।
प्रकाशित मिति : August 28, 2020 at 8:58 am



