११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

वीपी प्रतिष्ठान धरानमा झापाका १ सहित ३ जना कोरोना संक्रमितको मृत्यु

१२ भदौ, काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाका १ जना, मोरङका १ जना र सिराहाका १ जना कोरोना संक्रतिमको मृत्यु भएको हो। झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने वृद्ध भदौ ३ गते कोरोना पुष्टि भएपछि  प्रतिष्ठानमा उपचाररत थिए।

उनकाे दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका र उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी थिए। यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज विहान मृत्यु भएको छ। ति महिलामा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियाे। सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : August 28, 2020 at 9:18 am