५ आश्विन २०८३, सोमबार | Tue Sep 22 2026

सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छः मन्त्री गुरुङ

११ भदाै, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक रुपान्तरणको कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भएको छ । मन्त्री गुरुङले सामाजिक क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि नबढाउने हो भने राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई जोगाउन नसकिने पनि स्पष्ट पार्नु भयो ।

मानव अधिकार एलायन्सले बिहीबार ललितपुरमा आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले सामाजिक संघ, संस्थाहरुलाई गलत काम नगर्न सचेत गराउनु भयो । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्पलाई पूरा हुनेगरी काम गर्न सामाजिक क्षेत्रमा सम्वद्ध सबै निकायलाई आह्वान समेत गर्नु भयो ।

बैठकमा बोल्दै नागरिक अगुवा सुशील प्याकुरेल, समाज कल्याण परिषदका नवनियुक्त उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, नेपाल रेडक्रस सोसाईटी तदर्थ समितिका अध्यक्ष डा. नेत्र तिमिल्सिना, राष्ट्रिय बाल अधिकार परिषदका नवनियुक्त कार्यकारी निर्देशक मिलन धरेल, नेपाल बाल संगठन, तदर्थ समितिकी अध्यक्ष विद्या न्यौपानेले आफूहरुले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने मानव अधिकार एलायन्सका अध्यक्ष मिनबहादुर शाही, सामूदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, गैर सरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जीतराम लामाले रेडक्रस, समाज कल्याण परिषदलगायतका संघ, संस्थाहरुलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भएको थियो ।

प्रकाशित मिति : August 27, 2020 at 6:57 pm