काेराेना संक्रमणबाट काठमाडौँको नेपालटारका एक पुरूषकाे मृत्यु
११ भदाै, काठमाडाैँ । काेराेना संक्रमणबाट काठमाडौँको नेपालटारमा एक जनाकाे मृत्यु भएकाे छ । नेपालटारमा चिया पसल सञ्चालन गर्दै आएका ती पुरुषको बिहीबार राजधानीको किष्ट अस्पतालमा मृत्यु भएको हो ।

स्थायी घर अर्घाखाँची भएपनि उनी अहिले काठमाडौँकाे नेपालटार बस्दै आएका थिए। भदाै ७ गते अस्पतालमा भर्ना भएका उनमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियाे । ५५ वर्षीय ती पुरुषकाे काेराेना संक्रमणका कारण दुवै छातीमा संक्रमण भएको भएको थियो।
प्रकाशित मिति : August 27, 2020 at 3:36 pm



