११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपाल आयल निगमका १४ कर्मचारीलाई कोरोना संक्रमण

११ भदाै, काठमाडाैँ । नेपाल आयल निगमका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । भैरहवा डिपोका ६ जना कर्मचारीमा कोरोना देखिएको छ । त्यस्तै, अमलेखगञ्जका ५ जना र बिरगञ्जका ३ जना कर्मामचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

निगमले आफ्ना अधिकांश संक्रमितलाई आफ्नै खर्चमा तयार पारिएको कर्पाेरेट आइसोलेशनमा राखेर उपचार गराईरहेको जनाएकाे छ ।  बिशेषज्ञ चिकित्सक तथा स्वास्थ्य कर्मीको व्यवस्थापनमा भने स्थानीय प्रशासनले सघाईरहेको छ । संक्रमितको सम्पर्कमा रहेका सबै कर्मचारीलाई क्वार्टरमै क्वारेन्टिन बनाएर राखिएको निगमले जनाएकाे छ ।

प्रकाशित मिति : August 27, 2020 at 3:15 pm