१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर पर्वतको कुश्मामा

११ भदाै, पर्वत । ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, कोलेनिका पर्वतका प्रमुख नवराज सापकोटाले गर्नुभएको हो ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवस्यकतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा कार्यालय, २३४ एटिएम, ४२ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १४:५०