१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तकाे लाभांश घोषणा

११ भदाै, काठमाडाैँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०६७/०७७ को मुनाफाबाट शेयरधनीहरुलार्ई लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको बुधवार बसेको संचालक समितिको बैठकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तको हालको चुक्त पूँजी ८० करोड ७ लाख रुपैयाँ रहेको छ । जस अनुसार लघुवित्तले ७ करोड ६० लाख ७० हजार बराबरको बोनस र ३ करोड ३५ लाख ४ हजार बराबरको नगद गरी कुल १० करोड ९५ लाख ७५ हजार बराबको लाभांश वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउने छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १३:१३