११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

चितवनमा ५ महिने बालकसहित ५२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन,भदौ ११ । चितवनमा ५ महिनाका बालकसहित ५२ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । बुधबार राति चितवनको भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ५ महिने बालकमा काेराेना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा  गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका १ जनामा काेराेना संक्रमण पुष्टि भएको हो। काेराेना संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका १६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ भने बाँकी १० जना रत्ननगरका ४ जना, नवलपुरका ३ जना, सर्लाहीका २ जना र तनहुँका १ जना रहेका छन् ।

प्रकाशित मिति : August 27, 2020 at 12:26 pm