११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु

११ भदौ, काठमाडौँ । ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उक्त पुरुषलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको थियाे ।

फाइल फाेटाे

उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। काेराेना संक्रमणका कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो। पाठकका अनुसार उनकाे स्थायी घर अर्घाखाँची भएपनि उनी अहिले काठमाडौँमै बस्दै आएका थिए।

प्रकाशित मिति : August 27, 2020 at 10:51 am