कोरोना संक्रमणबाट पाटन अस्पतालको आइसियूमा उपचाररत ललितपुरकी १ महिलाको मृत्यु
११ भदौ , ललितपुर । पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको हाे।

स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ।
प्रकाशित मिति : August 27, 2020 at 8:49 am



