स्थानीय तहका कर्मचारी सरुवा नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
१० भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।

गत चैतमा पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को सङ्क्रमण र विस्तारलाई रोक्नकालागि ‘हाल समायोजन भइ कार्यरत रहेका सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई समायोजन/पदस्थापना भएको स्थानमा जान रमाना रोकी कार्यरत निकायबाटै तलब भत्ता खानेगरी कामकाज मिलाउने’ निर्णय गर्नु भएकाे थियो । सोही अनुसार स्वास्थ्य मन्त्रालयले सामान्यलाई पत्र लेख्दै कात्र्तिक मसान्तसम्मका लागि स्थानीय तहमा जो जहाँ छन् त्यहीबाट कामकाज गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई पत्राचार गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति : August 26, 2020 at 9:09 pm



