१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

बुधबार थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्याे

१० भदाै, काठमाडाैँ । बितेको २८ घण्टामा देशभर ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबार थप ८८५ काेराेना संक्रमित थपिएका छन् । याेसंगै काेराेना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।


उनका अनुसार बितेको २४ घण्टामा ३८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म काेराेना निको हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : August 26, 2020 at 4:25 pm