१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

२१ अंकले बढ्यो शेयर बजार, २ अर्ब ६५ करोडको कारोबार

१० भदाै, काठमाडाैँ । बुधबार शेयर बजार २१.१ अंकले बढेको छ । साताको चौथौ दिन नेप्से २१ दशमलव १० अंकले बढेर १४६२ दशमलव ०३ को विन्दुमा कायम भएको छ । १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ र जीवन बीमा क्षेत्र बाहेक उपसूचकमा बृद्धि भएकाे छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल फाइनान्सका लगानीतकर्ताले ७ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् भने नेपाल रि इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

समृद्धि लगानीकर्ताका लगानीकर्ताले ९ दशमलव ७९ प्रतिशतका दरले गुमाएको छ भने गृहेश्वरी मर्चेन्ट बैंक लगानीकर्ताले १ दशमलव ९७ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १५:४५