१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुबिसुको सेवा सम्बन्धी सम्पूर्ण जानकारी सेल्फ केयर पोर्टलबाट

१० भदाै, काठमाडाैँ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रालिले सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्नेछन् । यस्तै ग्राहकले आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नेछन् ।

ग्राहकको सहजता एवं सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने कम्पनीले जनाएकाे छ ।

सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेकाे कस्टुमर लगइनद्वारा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १३:४१