नुवाकोटबाट पक्राउ परे भरतपुर अस्पतालबाट भागेका काेराेना संक्रमित
१० भदौ, भरतपुर । चितवनको भरतपुर अस्पतालबाट भागेका १९ वर्षीय कोरोना संक्रमित नुवाकाेटबाट पक्राउ परेका छन् । काेराेना संक्रमित उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो । साइकलमा जाँदै गर्दा उनी पक्राउ परेका हुन् ।

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो। उनि मंगलबार भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका थिए। काेराेना संक्रमित उनलाई नुवाकोटमै आइसोलेसनमा राख्नको लागि समन्वय गरिएको छ ।
प्रकाशित मिति : August 26, 2020 at 1:10 pm



