१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

काठमाडाैँ उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस

९ भदाै, काठमाडाैँ । काठमाडाैँ उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ । मंगलबार बसेकाे काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको हाे ।

बैठककाे उक्त सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको भनदै कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

प्रकाशित मिति : August 25, 2020 at 6:29 pm