१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

कोरोनाबाट काठमाडौँमा थप एक जनाको मृत्यु

९ भदौ, काठमाडौँ । काेराेनाबाट थप एक जनाकाे मृत्यु भएकाे छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत काठमाडाैँका एक कोरोना संक्रमितको मृत्यु भएको हाे । निमोनियाबाट ग्रसित रहेका ६६ वर्षीय पुरुषको मृत्यु भएकाे अस्पताल स्राेतले जनाएकाे छ । साउन २७ गते स्टार अस्पतालमा आफैँले कोरोना परीक्षण गराएका उनको २९ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

फाइल फाेटाे

कोरोना पोजेटिभ देखिएपछि घरमै आइसोलेसनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि साउन ३१ गते सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि गएका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले उनलाई भदौं ५ गतेदेखि आइसीयुमा राखेर उपचार शुरु गरेको थियो । तर उनको स्वास्थ्यमा सुधार भएन । ती पुरुषको मंगलबार बिहान ११ बजेर १७ मिनेटमा मृत्युभएको डा नेपालले बताए । याेसँगै नेपालमा काेरानाबाट ज्यान गुमाउनेकाे संख्या १५८ पुगेकाे छ ।

प्रकाशित मिति : August 25, 2020 at 2:38 pm