१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

नुवाकोट र धादिङ जिल्ला अस्पतालका लागि पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण

८ भदाै, काठमाडाैँ । नुवाकोट र धादिङ जिल्ला अस्पतालका लागि पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण भएको छ । धादिङ-नुवाकोट समाज युकेले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जिल्ला अस्पतालका प्रतिनिधि बोलाएर पोर्टेबल अक्सिजन कन्सेनट्रेटर हस्तान्तरण गरेको हो ।

पोर्टेबल अक्सिजन कन्सेनट्रेटर समाजका तर्फबाट अध्यक्ष चोकबहादुर तामाङले त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपाने र धादिङ जिल्ला अस्पतालका मेसु डाक्टर महेन्द्र धमलालाइ हस्तान्तरण गरे । युकेमा समाजका तर्फबाट सामाग्री खरिदका लागि रामशरण सिंखडा लगायतले अभियान चलाएका थिए । पोर्टेबल अक्सिजन कन्सेनट्रेटर खरिदका लागि नुवाकोट र धादिङबाट विभिन्न कामका सिलसिलामा युके पुगेका व्यक्तिहरूले सहयोग गरेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रांगणमा आयोजित हस्तान्तरण कार्यक्रममा नुवाकोटका सांसद समेत रहेका पूर्वमन्त्री हितबहादुर तामाङ, पूर्वमन्त्रीहरु दिलमान तामाङ, परशुराम तामाङ, वाग्मती प्रदेशका प्रदेश सभा सदस्य डा राजेन्द्र अधिकारी, मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम लगायत सहभागी भएका थिए । कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी प्रकोप बढिरहेको अवस्थामा पनि अाफ्नो मुलुकको जनताको स्वास्थ्यको चिन्ता लिई गर्नुभएको सहयोगलाई उदाहरणीय र प्रेरणादायी कार्यको रुपमा सर्वत्र महसुस गरिएको छ।

प्रकाशित मिति : August 24, 2020 at 7:01 pm