काठमाडाैँका एक सहित कोरोनाबाट थप ८ जनाकाे मृत्यु
८ भदाै, काठमाडाैँ । नेपालमा काेराेनाबाट थप ८ जनाको मृत्यु भएको छ । याेसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १५७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा साेमबार सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौँकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष रहेका छन् ।
प्रकाशित मिति : August 24, 2020 at 4:49 pm



