काठमाडाैँ उपत्यकामा थपिए २२४ जना कोरोना संक्रमित
८ भदौ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार विभिन्न प्रयोगशामा गरिएकाे परीक्षणमा काठमाडौँका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।
प्रकाशित मिति : August 24, 2020 at 4:22 pm



