१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

२१ अंकले बढ्यो नेप्से, शेयर बजारमा २ अर्बमाथिको कारोबार

८ भदाै, काठमाडाैँ । साेमबार शेयर बजारका प्राय सबै सूचकहरू बढेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार शेयर कारोबार मापक नेप्से परिसूचक २१.११ अंकले बढेर एक हजार ४३१.४५ मा पुगेकाे छ । नेप्से १.५० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५२ अंकले बढेर २९३.०७ मा पुगेको छ ।

कूल १८२ वटा कम्पनीकाे ४९ लाख २४ हजार २ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी एउटा उपसमूहकाे शेयर घटेकाे छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक १६२.८७ अंकले बढेकाे छ । यस्तै वाणिज्य बैंक समूह १५.८२ अंकले बढेकाे छ । कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी ६.९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा छ्याङदी हाइड्रोपावरका लगानीकर्ता छन् । यसको मुल्य २.२५ प्रतिशतले घटेको छ । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको १९ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेको इन्सुरेन्स परेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १५:५०