१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

समाज लघुवित्तकाे आइपिओमा आवेदन दिने आज अन्तिम दिन

८ भदाै, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारणस शेयर (आइपिओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ४ गतेदेखि आइपिओ निश्कासन गरेको थियो ।

समाज लद्युवित्तले ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपिओ निष्काशन गरेको हो।

यसमध्ये लघुवित्तले १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ८ गते हुनेछ भने ढिलोमा भदौ १८ गते हुनेछ। आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार ११:४४