सिडिओले जेलमा कोच्ने चेतावनी दिएपछि बानेश्वरवासीले भने ‘स्वास्थ्यकर्मीको सम्मान गर्छाैँ’
७ भदाै, काठमाडाैँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल कोच्ने चेतावनी दिएपछि काठमाडाैँको बानेश्वरमा स्वास्थ्यकर्मीलाइ दूर्व्यवहार गर्नेहरूले स्वास्थ्यकर्मीलाइ सम्मान गर्ने प्रतवद्धता जनाएका छन ।
स्वास्थ्यकर्मी बसेको होस्टेल घेराउ गरेर दूर्व्यवहार गर्नेहरूको पहिचान गरेर प्रश्नसनले एक/एक गरी पक्राउ गरेर जेल हाल्ने तयारी गरेपछि काठमाडाैँ महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीको संयोजन प्रहरी, टोलीबासीको प्रतिनिधि लगायतको भेलाले स्वास्थ्यकर्मीको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
स्वस्थ्यकर्मी माथि दूर्व्यवहारहरूको भएको टोल सुधार समितिका अध्यक्ष सुदर्शन गाैतमसहितले तनावको अवस्था अाउन नदिन र अस्पताल र स्वास्थ्यकर्मीमाथि कुनै पनि किसिमको दूर्व्यवहार हुन नदिने बताएका छन । त्यसअघि काठमाडाैँको बानेश्वरमा स्वास्थ्यकर्मीको होस्टेल घेराउ गर्नेलाई पाता फर्काएर जेल हाल्ने तयारी गरिएको थियो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका थिए । उनले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका हुन ।
यो पनि पढ्नुहोस्
-बानेश्वरमा स्वास्थ्यकर्मीको होस्टेल घेराउ गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने तयारी

प्रकाशित मिति : August 23, 2020 at 8:48 pm



