बानेश्वरमा स्वास्थ्यकर्मीको होस्टेल घेराउ गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने तयारी
७ भदाै, काठमाडाैँ । काठमाडाैँको बानेश्वरमा स्वास्थ्यकर्मीको होस्टेल घेराउ गर्नेलाई पाता फर्काएर जेल हाल्ने तयारी गरिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिएका छन ।

प्रमुख जिल्ला अधिकारी दाहालले घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी दिएका हुन । दाहालले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको पनि बताएका छन ।
प्रकाशित मिति : August 23, 2020 at 6:06 pm



