प्रसुति गृह थापाथलीमा कार्यरत ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
७ भदौ, काठमाडौँ । थापाथलीस्थित प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।काेराेना संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी रहेका छन् ।

प्रसुति गृह थापाथली अस्पतालका बिरामीमा भने काेराेना संक्रमण देखिएको छैन । काेराेना संक्रमितमध्ये २ जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति : August 23, 2020 at 2:10 pm



