भारतमा एकै दिन १० लाख जनाको कोरोना परीक्षण
७ भदौ, नयाँदिल्ली । भारतमा एकै दिन अहिलेसम्मकै कीर्तिमान १० लाख जनाको कोरोना परीक्षण गरिएको छ। रेकर्ड १० लाख जनाको कोरोना परीक्षण गरेकै दिन भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै ७० हजार कोरोना संक्रमित भेटिएका छन्। देशभर १० लाख २३ हजार ८३६ मा कोरोना परीक्षण गर्दा पहिलो पटक ७० हजार ६७ जना नयाँ संक्रमित भेटिएका हुन्।

यसका साथै जम्मा संक्रमितको संख्या ३० लाख ४६ हजार भएको छ। बितेका २४ घण्टामा ५९ हजार १०१ बिरामी निको भएका छन्। यही समयमा ९१८ जनाले ज्यान गुमाएका छन्। १० हजार ४० जना सक्रिय संक्रमित पनि थपिएका छन्। १५ दिनयता सबैभन्दा धेरै सक्रिय संक्रमित भारतमा बढेका हुन्। यसअघि ६ अगस्टमा एक दिनमै १० हजार १३० सक्रिय संक्रमित थपिएका थिए।
अब जम्मा ७ लाख ६ हजार सक्रिय संक्रमित भएका छन्। अर्थात अहिले यति धेरै बिरामीको उपचार चलिरहेको छ। पहिलो पटक १० लाख २३ हजार ८३६ जनामा कोरोना परीक्षण भएको हो। केन्द्र सरकारले अब यसलाई बढाएर प्रतिदिन १५ लाख जनामा कोरोना परीक्षण तयारी थालेको छ। भारत सरकारले जति धेरैमा परीक्षण गर्न सक्यो उति नै कोरोना फैलिनबाट रोक्न सकिने निचोड निकालेको छ।
प्रकाशित मिति : August 23, 2020 at 1:39 pm









