पर्सा र बारामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि
७ भदौ, वीरगञ्ज । पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा गरिएकाे परीक्षण १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सामा १४५ जना र बारामा ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । काेराेना संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेका छन् । पर्सामा हालसम्म काेराेना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : August 23, 2020 at 12:39 pm



