काेराेनाबाट ६ वर्षिया बालिकासहित थप ९ जनाकाे मृत्यु
६ भदाै, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाबाट ६ वर्षिया बालिकासहित ९ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार पर्साका ३ जना, सुनसरीका २ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जनाको मृत्यु भएको हो ।
प्रवक्ता गाैतमका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । यसैगरी पर्साका ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुषकाे मृत्यु भएकाे छ । त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको छ ।
योसँगै नेपालमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १४६ पुगेको छ ।

प्रकाशित मिति : August 22, 2020 at 4:52 pm



