१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काेराेना संक्रमणबाट नेपालमा थप ३ जनाकाे मृत्यु

६ भदौ, काठमाडौँ । काेराेना संक्रमणबाट नेपालमा थप ३ जनाकाे मृत्यु भएकाे छ । आज पर्सा र चितवनमा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पर्सास्थित सुगौली बिर्तामा ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको काेराेनाकाे कारण  मृत्यु भएको छ। यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ‌। काेराेना संक्रमित दुवै जनाको वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको हो।

फाइल फाेटाे

चितवनस्थित पुरानो मेडिकल कलेजमा शुक्रबार हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु भएकाे छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती मृत्यु भएको हो। चितवनमा अहिलेसम्म ५ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

प्रकाशित मिति : August 22, 2020 at 11:35 am