१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

एकै दिन ११ कोरोना संक्रमितको ज्यान गयो, ८३८ थपिँदा कुल संक्रमितको संख्या ३० हजार नाघ्यो

५ भदाै, काठमाडाैँ । एकै दिन ११ कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितिको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ ।

प्रवक्ता गाैतमका अनुसार पछिल्लो २४ घण्टामा भएको १३ हजार ५७९ जनाको नमुना परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गाैतमका अनुसार काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : August 21, 2020 at 5:06 pm