१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई दुबै देशमा ९० दिनसम्म भिसा नचाहिने


५ भदाै, काठमाडाैँ । नेपाल र इजरायलकाबीचमा कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिसा)को आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा इजरायल सरकार परराष्ट्र मन्त्री र नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा सम्झाैतामा हस्ताक्षरपछि इजरायल सरकार परराष्ट्र मन्त्री र नेपाली राजदूत डा. अन्जान शाक्य ।

सम्झाैतामा हस्ताक्षर भएसँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई दुबै देशमा ९० दिनसम्म भिसा नचाहिने भएको छ । सम्झाैता अनुसार दुबै देशका कुटनीतिक राहदानी बोकेको व्यक्ति एकअर्को देशमा बिना भिसा ९० दिनसम्म बस्न सक्नेछन । कार्यक्रमा इजरायली परराष्ट्रमन्त्री र राजदूत शाक्यले छोटो मन्त्य समेत राखेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार ०९:२८