नेपाल प्रहरीका ४९ एसपीको सरूवा, नुवाकोटमा सफल काम गरेका काफ्ले अख्तियारमा (सूचीसहित)
५ भदाै, काठमाडाैँ । नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एसपीहरूको सरूवा गरेको हो । नुवाकोटमा राजनीतिक र अपराधिक गुण्डागर्दी नियन्त्रणमा सफलता हाँसिल गरेका एसपी अविनारायण काफ्लेलाइ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा गरिएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा रहेका कृष्ण प्रसाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषामा सरूवा भएका छन । प्रविण पोखरेलको रुपन्देही, सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही सरूवा भएका छन । महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा रहेका कृष्ण कुमार महत लागु औषध व्यूरो,काठमाडौंमा सरुवा भएका छन् । यस्तो छ सरूवाको विववरण ।





प्रकाशित मिति : August 21, 2020 at 8:35 am



