कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो
४ साउन, काठमाडाैँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएकाे छ । याेसँगै काेराेनाबाट नेपालमा मृत्यु हुनेकाे संख्या १२६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौँ, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।
प्रकाशित मिति : August 20, 2020 at 4:55 pm



