१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बिहिबार ७०७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

४ भदौ, काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । ११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

प्रकाशित मिति : August 20, 2020 at 4:36 pm