हनुमान मन्दिरका पुजारी श्रीरामको गोली हानी हत्या
४ भदाै, काठमाडाैँ । राैतहटको एक मन्दिरमा रहेका पुजारीको गोली हानी हत्या भएको छ । रौतहटको माधवनारायण नगरपालिकामा रहेको हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काका अनुसार बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । एसपी खड्काका अनुसार बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रकाशित मिति : August 20, 2020 at 9:49 am



