कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु
३ भदाै, काठमाडौँ । बितेको २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा काेराेना संक्रमणबाट थप ६ जनाको मृत्यु भएकाे बताए । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२० पुगेको छ ।

बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा काेराेना संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए । योसँगै देशभर काेराेना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
प्रकाशित मिति : August 19, 2020 at 5:32 pm



