१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

नेपालमा काेराेना संक्रमणबाट थप ४ जनाकाे मृत्यु

३ भदौ, काठमाडौँ । नेपालमा काेराेना संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएकाे छ । ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी  ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

फाइल फाेटाे

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको मंगलबारराति मृत्यु भएको छ । त्यस्तै वीरगन्जको नारायणी अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबारराति मृत्यु भएको हो ।

प्रकाशित मिति : August 19, 2020 at 12:41 pm