नेपालकाे राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ
३ भदौ, काठमाडौँ । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित ९ जना पक्राउ परेका हुन् । उनिहरूलाइ पक्राउ गर्न अपराध महाशाखा, महानगरिय प्रहरी र सिआईबीको टोली खटिएको थियो। मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा उक्त म्युजिक भिडियाे खिचिएको छ ।

यक्त भिडियाेमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्री केपि शर्मा ओलीकाे समेत फाेटाे जलाइएकाे छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। यदि कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै सजाय हुन सक्नेछ। उक्त भिडियाे मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको बुझिएको छ ।
प्रकाशित मिति : August 19, 2020 at 12:12 pm



