पर्सामा थपिए १०८ जनामा कोरोना संक्रमित
३ भदाै, वीरगन्ज । पर्सामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएकाे परीक्षणमा पर्साका १ सय ८ जनामा काेराेना संक्रमण पुष्टि भएको हाे । काेराेना संक्रमित मध्ये पर्साको बहुदरमाइ नगरपालिकामा ९० जनामा काेराेना संक्रमण पुष्टि भएको छ। बहुदरमाइ नगरपालिका- वडा नम्बर ५ मा ६५ जना, वडा नम्बर २ मा २० जना, वडा नम्बर ३ मा ३ जना र चौकीका एक जना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे हो।

यस्तै वीरगन्जस्थित नारायणी बयोधा अस्पतालका ६ जना कर्मचारीमा काेराेना संक्रमण पुष्टि भएको छ। पर्साकै जीराभवानी गाँउपालिका- २ र ३ का ४ जना, छिपहरमाइ गाँउपालिका – ५ का १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज महानगरपालिका-१६ नगवाका २ जना, वडा नम्बर ५, १० , १२ र २५ का १/१ जना तथा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका ४४ वर्षीय १ जना पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै पर्सामा काेराेना संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ ।
प्रकाशित मिति : August 19, 2020 at 11:48 am



