१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

आजदेखि लिवर्टी इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

३ भदाै, काठमाडाैँ । आजदेखि लिवर्टी ईनर्जी कम्पनी लिमिटेडकाे प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ।

यस एनर्जीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दाकम आधार जनाउने रेटिङ दिएको हो । यसले लमजुङ जिल्लाको फलेनी र दोदेनी गाउँपालिकामा, २५ मेगावटको अपर दोर्दी ‘ए’ हाइड्रोपावर निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ०८:४६