राष्ट्रकवि घिमिरेकाे निधनले राष्ट्रपति भण्डारी स्तब्ध
३ भदाै, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उहाँप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

मंगलबार साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताउनुभएको छ ।
प्रकाशित मिति : August 19, 2020 at 8:32 am



