१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडौँ उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा

२ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएकाे स्राेतले जानकारी दियाे ।

उपत्यकामा काेराेनाकाे संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भर्खरै सकिएको बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हाे ।

बैठकको औपचारिक निर्णय भने सार्वजनिक भैसकेकाे छैन । मंगलबारमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण देखिएको थियो ।निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

प्रकाशित मिति : August 18, 2020 at 8:26 pm