राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र नेपालका लागि रुसी राजदूत नोबिकोभबीच शिष्टाचार भेट
२ भदाै, काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि रुसी राजदूत अलेक्सइ नोबिकोभबिच शिष्टाचार भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा अध्यक्ष तिमिल्सना र नेपालका लागि राजदूत नोबिकोभबिच औपचारिक भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिचको आपसी सम्बन्धको विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । भेटका क्रममा राजदूत नाबिकोभले नेपालको पर्यटन, उर्जा र कृषिको विकासमा मिलेर काम गर्न रुस तयार रहेको बताउनुभयो ।
नेपाल सरकारले विधिवत ढंगले प्रस्ताव ल्याए आफुले रुसी सरकारसँग पु¥याउने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता राजदूतले व्यक्त गर्नुभएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।
प्रकाशित मिति : August 18, 2020 at 5:09 pm



