१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

काठमाडाैँ उपत्यकामा थपिए २०५ जना काेराेना संक्रमित

२ भदौ,  काठमाडौँ । काठमाडाैँ उपत्यकामा हालसम्मकै सबैभन्दा धेरै काेराेना संक्रमित थपिएका छन्। काठमाडौँ उपत्यकामा २ सय ५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार मंगलबार काठमाडाैँमा मात्र १ सय  ३८ जना काेराेना संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा १७ जना र ललितपुरमा ५० जना काेराेना संक्रमित थपिएका छन्। नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । सक्रिय संक्रमितको संख्या १० हजार ५६३ रहेको छ । पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ५८० पुगेको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

प्रकाशित मिति : August 18, 2020 at 4:36 pm